काठमाडौँ
००:००:००
२८ जेष्ठ २०८३, बिहीबार

२८ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक भएको छ।

बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ उच्च विन्दुमा पुगेको छ।

आज अमेरिकी डलर १ को खरिद दर १५२ रुपैयाँ १३ पैसा र बिक्री दर १५२ रुपैयाँ ७३ पैसा कायम भएको छ। यस्तै युरोपियन युरो १ को खरिद दर १७५ रुपैयाँ ६१ पैसा र बिक्री दर १७६ रुपैयाँ ३० पैसा तोकिएको छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर २०३ रुपैयाँ ६२ पैसा र बिक्री दर २०४ रुपैयाँ ४२ पैसा रहेको छ।

हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ ०५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८५ पैसा थियो।आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ९७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९० पैसा थियो।

आज कुवेती दिनार १ को खरिददर ४९५ रुपैयाँ १३ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ०९ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९५ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ५४ पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ०४ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४०५ रुपैयाँ ४१ पैसा थियो।