काठमाडौँ। बजारमा खाना पकाउने ग्यासको अभाव देखिएको छ। उपभोक्ताहरू बिक्री केन्द्रमा लाम लाग्न थालेका छन्।
पसलहरूमा ग्यास पाइन छाडेपछि उपभोक्ताहरू ग्यास स्टक गर्नतर्फ लागेका हुन्। नेपाल आयल निगमले हिजो (सोमबार) मात्र विज्ञप्ति निकाल्दै सहरमा ग्यास अभाव नभएको बरू आयात बढाएको दाबी गरेको छ।
गएको दुई सातादेखि बजारमा देखिएको ग्यास अभाव देखिएको छ। भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा उपभोक्ताले अभावको सामना गर्नुपरेको छ। विशेषगरी बजारमा नेपाल ग्यास अभाव देखिएको हो।
नेपाल ग्यासका बिक्री केन्द्रहरूमा दुई सातादेखि ग्यास नपाइएपछि खाली सिलिन्डर बोकेर उपभोक्ता बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमै पुग्ने गरेका छन्। यहाँ दैनिक सयौँ उपभोक्ता पुग्ने गरेका छन्। कार्यालयमै पुग्दा पनि नेपाल ग्यास नपाएको गुनासो उपभोक्ताहरूको छ।
यो पनि…
निगमले भन्यो- आयात बढायौँ‚ ग्यास अभाव हुँदैन ‘स्टक’ गर्नुपर्दैन
बिहानदेखि दिनको २ बजेसम्म मात्र ग्यास वितरण गरिने यो कार्यालयमा अहिले दैनिक सयौँ उपभोक्ता लाम बस्ने गरेका छन्।
यसरी उपभोक्ताले ग्यास नपाएको गुनासो गरिरहँदा नेपाल ग्यास कम्पनीले ढुवानीमा समस्या देखिएकाले समस्या कायमै रहेको बताएको छ। हेर्नुहोस् ग्यास लिनका लागि नेपाल ग्यासको कार्यालय पुगेका उपभोक्ताहरूका थप तस्बिर :
