काठमाडौँ। सरकारले विभिन्न अत्यावश्यक सेवामा हडताल गर्न निषेध गरेको छ।
सरकारले आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ को अधिकार बमोजिम राजपत्रमा सूचना प्रकाशित गरेको हो।
सूचना अनुसार डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा, प्रिन्ट वा सरकारी छापाखाना, सञ्चार सेवा, खानेपानी, पेट्रोलियम पदार्थ,अस्पताल, औषधी, फोहोरमैला व्यवस्थापन सम्बन्धि सेवा, बैंक, बीमा, विद्युत्, दैनिक उपभोग्य बस्तु राहदानी लगायतका क्षेत्रमा हड्ताल गर्न निषेध गरेको छ।
