काठमाडौँ
००:००:००
२६ जेष्ठ २०८३, मंगलवार

२६ जेष्ठ २०८३
अ+
अ-

काठमाडौँ। तनहुँका स्थानीय तहले आर्थिक वर्ष २०८३–८४ का लागि सङ्घीय सरकारबाट साढे चार अर्ब रुपैयाँ भन्दा बढी अनुदान पाउने भएका छन्।

जिल्लास्थित १० स्थानीय तहका लागि अर्थ मन्त्रालयले चार अर्ब ५६ करोड ४७ लाख रुपैयाँ विनियोजन गरेको हो। तनहुँ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको गृहजिल्ला हो । यसैले बजेटमा तनहुँले निकै ठूलो रकम अनुदान पाएको छ।

राससले लिएको समाचार अनुसार, सबैभन्दा बढी व्यास नगरपालिकाले र सबैभन्दा कम घिरिङ गाउँपालिकालाई बजेट विनियोजन गरिएको छ। व्यास नगरपालिकालाई ९४ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको छ।

व्यास नगरपालिकाले समानीकरण अनुदानतर्फ १८ करोड ६० लाख रुपैयाँ, सशर्त अनुदानतर्फ ७५ करोड २० लाख रुपैयाँ र समपुरक अनुदानतर्फ ५० लाख रुपैयाँ बजेट पाउनेछ।

भानु नगरपालिकालाई ५९ करोड ६८ लाख रुपैयाँ विनियोजन गरिएको छ। भानुले समानीकरण अनुदानतर्फ १३ करोड ८७ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ ४४ करोड ४१ लाख रुपैयाँ, विशेष अनुदानतर्फ एक करोड रुपैयाँ र समपुरक अनुदानतर्फ ४० लाख रुपैयाँ पाउनेछ।

भिमाद नगरपालिकालाई ४५ करोड ६९ लाख रुपैयाँ विनियोजन गरिएको छ। भिमादले समानीकरण अनुदानतर्फ ११ करोड १४ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ ३० करोड ७३ लाख रुपैयाँ, विशेष अनुदानतर्फ एक करोड ६७ लाख रुपैयाँ र समपुरक अनुदानतर्फ दुई करोड १५ लाख रुपैयाँ पाउनेछ।

शुक्लागण्डकी नगरपालिकालाई ६३ करोड ७८ लाख रुपैयाँ विनियोजन गरिएको छ। शुक्लागण्डकीले समानीकरण अनुदानतर्फ १४ करोड ६० लाख रुपैयाँ, सशर्त अनुदानतर्फ ४६ करोड ४३ लाख रुपैयाँ, विशेष अनुदानतर्फ एक करोड ४० लाख रुपैयाँ र समपूरक अनुदानतर्फ एक करोड ३५ लाख रुपैयाँ पाउनेछ।

आँबुखैरेनी गाउँपालिकालाई ३१ करोड ४१ लाख रुपैयाँ विनियोजन गरिएको छ। आँबुखैरेनीले समानीकरण अनुदानतर्फ नौ करोड ६७ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ १७ करोड ३६ लाख रुपैयाँ, विशेष अनुदानतर्फ एक करोड ८० लाख रुपैयाँ र समपूरक अनुदानतर्फ दुई करोड ५८ लाख रुपैयाँ पाउनेछ।

ऋषिङ गाउँपालिकालाई ३६ करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको छ। ऋषिङले समानीकरण अनुदानतर्फ १० करोड ३७ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ २४ करोड ६१ लाख रुपैयाँ, विशेष अनुदानतर्फ ७६ लाख रुपैयाँ र समपूरक अनुदानतर्फ ८५ लाख रुपैयाँ पाउनेछ।

घिरिङ गाउँपालिकालाई २८ करोड २९ लाख रुपैयाँ विनियोजन गरिएको छ। घिरिङले समानीकरण अनुदानतर्फ आठ करोड ७८ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ १८ करोड ८१ लाख रुपैयाँ र समपूरक अनुदानतर्फ ७० लाख रुपैयाँ पाउनेछ।

देवघाट गाउँपालिकालाई ३३ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ। देवघाटले समानीकरण अनुदानतर्फ आठ करोड ३२ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ २३ करोड ८२ लाख रुपैयाँ, विशेष अनुदानतर्फ ८६ लाख रुपैयाँ र समपूरक अनुदानतर्फ ७० लाख रुपैयाँ पाउनेछ।

म्याग्दे गाउँपालिकालाई ३० करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ। म्याग्देले समानीकरण अनुदानतर्फ नौ करोड ९२ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ १८ करोड ६३ लाख रुपैयाँ, विशेष अनुदानतर्फ एक करोड ४० लाख रुपैयाँ र समपूरक अनुदानतर्फ ७० लाख रुपैयाँ पाउनेछ।

बन्दीपुर गाउँपालिकालाई ३२ करोड ६८ लाख रुपैयाँ विनियोजन गरिएको छ। बन्दीपुरले समानीकरण अनुदानतर्फ नौ करोड छ लाख रुपैयाँ, सशर्त अनुदानतर्फ २० करोड सात लाख रुपैयाँ, विशेष अनुदानतर्फ एक करोड ५० लाख रुपैयाँ र समपूरक अनुदानतर्फ एक करोड ७५ लाख रुपैयाँ पाउनेछ।