काठमाडौँ
००:००:००
२६ जेष्ठ २०८३, मंगलवार

२६ जेष्ठ २०८३
विपक्षी दलको बैठक। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलले सीमाका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्ति नसच्चिएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको छ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मंगलबार बसेको विपक्षी दलको बैठकले नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती रहेकाले प्रधानमन्त्रीले उक्त अभिव्यक्ति अविलम्ब फिर्ता लिनुपर्ने अडान कायमै राख्ने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले जानकारी दिए।

प्रधानमन्त्रीले संसद्‌बाट देशवासीका नाममा सम्बोधन गरेर माफी माग्नुपर्ने र संसद्‌को रेकर्डबाट उक्त अभिव्यक्ति हटाउनुपर्ने बैठकको निष्कर्ष रहेको उनले बताए।

ऐन महर।

उनले सदन खोल्न सरकारका तर्फबाट कुनै चासो र पहलकदमी नलिएको समेत बैठकको निष्कर्ष रहेको उल्लेख गरे। सदन खोल्न सत्तापक्षबाट विभिन्न प्रस्ताव आएकाले सर्वपक्षीय बैठक आयोजना गरेर आफ्ना कुरा राख्ने निर्णयसमेत भएको उनको भनाइ छ।

महरले करका दर हेरफेरका विषयमा समेत विपक्षी दलको गम्भीर ध्यानाकर्षण भएकाले यसको छानबिनका लागि संसदीय समिति बनाउनुपर्नेमा एकमत रहेको बताए। बैठकमा श्रम संस्कृति पार्टीबाहेक विपक्षी दलका सांसदहरूको उपस्थिति थियो।