नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोला रिहा हुने भएका छन् ।
सर्वोच्च अदालतले उलाई रिहा गर्न आदेश दिएसँगै रिहा हुने भएका हुन् । न्यायधीशद्वय मीरा खड्का र सुष्मलता माथेमाको संयुक्त इजलासले बाँस्तोलालाई रिहा गर्न आदेश दिएको हो।
बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वयले बाँस्तोलालाई थुनामा राख्नु न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो।
उनलाई चौथोपटक काठमाडौं जिल्ला अदालत परिसरबाटै पक्राउ गरी सुनसरीमा थुनामा राखिएको थियो।