व्यक्तिगत घटना दर्ता नगरे जरिवाना


अब व्यक्तिगत घटना  दर्ता नगरेमा जरिवाना गरिने भएको छ । गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण विभागका अनुसार यही अभिप्रायले वैशाख १ गतेलाई व्यक्तिगत घटना दर्ता दिवसको रुपमा मनाईने भएको छ। यसैगरी बैशाख १ गतेदेखि ७ गतेसम्मलाई व्यक्तिगत घटना दर्ता सप्ताहको रुपमा मनाईदैछ।

आगामी २०७८ साल बैशाख १ गतेदेखि १६ गतेसम्म प्रत्येक वडाको ३ वडा स्थानमा दर्ता शिविर संचालन गरिने छ। यस अवधि भित्र भएका घटना दर्ता र सामाजिक सुरक्षा सम्बन्धि सेवाहरु दर्ता शिविरबाट भएको मान्यता हुने भएकोले सामाजिक सुरक्षाका निवेदन र व्यक्तिगत घटना दर्ता गर्न सर्वसाधारणलाई आग्रह गरिएको छ। यस्ता शिविरमा जन्म मृत्यू विवाह सम्बन्ध बिच्छेद र बसाई सराईजस्ता व्यक्तिगत घटना अनिवार्य रुपम दर्ता गर्नु पर्नेछ।

व्यक्तिगत घटना घटेको ३५ दिनभित्र दर्ता नगरेमा जरिवानाको व्यवस्था गरिएको छ।

नेपाल सरकारले आगामी २०८० सालसम्ममा जन्म दर्ता शत प्रतिशत पुर्याउने र अन्य व्यक्तिगत घटनामा उल्लेख्य रुपमा वृध्दि गर्ने अन्तराष्ट्रिय प्रतिबध्दता जाहेर गरेको थियो।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes