गृहले गर्‍यो २६ सहसचिव र उपसचिवको सरुवा, को कहाँ ?


गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २६ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । गृह मन्त्रालयका अनुसार बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई इलाका प्रशासन कार्यालय टीकापुर कैलालीमा पठाइएको छ, बाँकेको प्रजिअमा शिवराम गेलाललाई जिम्मेवारी दिइएको छ । 

यस्तै अध्यागमन विभागमा नारायणप्रसाद भट्टराईलाई पठाइएको छ । यस्तै नवलपरासी पश्चिमको प्रमुख जिल्ला अधिकारीमा धर्मेन्द्र मिश्र, लमजुङमा होमप्रसाद लुईँटेल, बैतडीमा राजेन्द्रदेव पाण्डे, रोल्पामा नवराज सापकोटा, डोटीमा सुनिल खनाल, बाजुरामा गोपालकुमार अधिकारी र मकवानपुरमा भरतमणि पाण्डेलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes