यस्ता पनि सचिव


निजामती सेवामा यस्ता व्यक्ति पनि देखिए जो  गौरब गर्न लायक व्यक्तित्वका रुपमा चर्चा गर्न लायक बन्न सके। नेपाल सरकारका सचिव डा. तिर्थराज ढकाल करिब ३८ वर्षको सेवा अवधि सकि हिजोदेखि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट अवकाश भएका छन । सधै छायामा बस्ने र कहिल्यै चर्चामा नआउन चाहने उनको आज बिदाईमा बिगतका कुरा सुन्दा त्यहाँ उपस्थित कर्मचारीहरु सबै चकित मात्र होइन आधुनिक सुबिधा भोगी जिवनमा यस्ता आदर्श निजामती सेवक हुन्छन भन्ने पत्याउनै कठिन भएको थियो। । उनले यति लामो जागीरे जिवनमा आफुले पाउने विदा पनि विरामी विदा लिएका थिएनन। यसैगरी  घर विदा ६ दिन मात्र र क्याबी र  पर्व बिदा पनि २० दिन भन्दा वढी नलिएको बताईएको छ। उनले निजी प्रयोगमा कहिल्यै सरकारी गाडी वा अन्य सामाग्री लिएनन।

 प्रदेश ५ (लुम्बिनी) को प्रमुख सचिब हुदा छोरीको बिहे गर्दा  कसैले थाहा नै पाएनन ! उनि बुटवलबाट अफिस सकेर शुक्रबार सार्वजनिक यातायातमा चढेर चितवन गएका थिए।  शनिबार झकिझकाउ विना बिहे सम्पन्न गरी आइतबार नियमित अफिसमा हाजिर भएका थिए । सायद उनले मन्त्री क्वाटर देखेनन किन कि जागिर अवधी भर उनि  कुनै पनि मन्त्री वा नेताको घरमा गएनन । नियमानुसार पाउने तलब सेवासुविधा बाहेक सायद आफुले कहिल्यै बैठक भत्ता वा अतिरिक्त आय नलिएको उनि बताउँदछन। तर अरुलाई पनि रोकेनन।

 नेपालमा system छैन भन्ने कुरा नै उनि पत्याउँदैनन। उनि गरे जति पनि काम देख्छन।

 समयको पालना, नियमितता, शुद्ध नैतिक आचरण, सरलता, सादकी जीवन जिउने र आफ्नो विषयमा विद्वताले युक्त भएका डाक्टर ढकाललाई कहिल्यै समस्या आएन। उनलाई सबैले मन पराए । चर्चामा नआई सेवामा अनवरत लाग्ने यस्तै केही जमात ले निजामती सेवा र राज्य चलेको छ।  


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes