संसद विघटनविरुद्धको मुद्दाको फैसला आउने दिन तोकियो, यी दिनसम्म फैसला आउने


नेपालन्युज
बुधबार , २६ जेष्ठ , २०७८

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटको फैसला हुने दिन तोकिएको छ । असार दोस्रो साताभित्रै फैसला आउने अदालतले जनाएको छ । संवैधानिक इजलासले बहसको समयसीमा समेत तोकेर १५ घण्टाभित्र दुवै पक्षको वहस सकिने गरि समय प्रदान गर्ने आदेश जारी गरेको छ ।

इजलास समक्ष छलफल गर्ने प्रयोजनका लागि रिट निवेदकका तर्फबाट बढीमा १२ घण्टा समय पाउने छन् । सरकारको तर्फबाट ३ घण्टाभित्र प्रत्युत्तर बहस हुनेछ । कानुन व्यवसायीले बढीमा आधा घण्टामात्र समय पाउने गरि निर्धारण गरिएको छ । यो मुद्दालाई चाँडो किनारा लगाउनु आवश्यक हुँदा निरन्तर सुनुवाई प्रक्रिया अपनाइने भएको छ ।

यो हिसाबले सुनुवाइ सुरू भएको दुई दिनमा फैसला आउन सक्ने अनुमान गरिएको छ । संवैधानिक इजलासको सहयोगीका रुपमा नेपाल बार र सर्वोच्च बारबाट दुई दुई जना वरिष्ठ अधिवक्तालाई एमिकस क्युरीमा पठाउन समेत आदेश जारी भएको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal