विशेष अदालतमा गच्छदारको बयान सकियो, थुनछेक बहस जारी


नेपालन्युज
बुधबार , ३० असार , २०७८

ललिता निवास प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका कांग्रेस उपसभापति विजय गच्छदारको बयान सकिएको छ । बुधवार विशेष अदालतमा उपस्थित भएसँगै अदालतले उनको बयान लिएको थियो । उनको बयान लिएपछि अहिले थुनछेक बहस शुरू भएको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीशहरू ​अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासमा थुनछेक बहस भइरहेको हो ।

थुनछेक बहसपछि गच्छदारलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने आदेश आउने छ । थुनछेकमा गच्छदारको पक्षमा वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, महादेव यादव र कृष्ण सापकोटा तथा अधिवक्ताहरू​ लीलामणि पौडेल, ललित बस्नेत, रुद्र पाठक लगायतले बहस गर्दैछन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि अदालतले उपस्थितिका लागि गच्छदारलाई आदेश गरेको थियो ।

तर गच्छदार अदालतमा उपस्थित भएका थिएनन् । अख्तियारले २०७६ माघ २२ गते गच्छदारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनीविरुद्ध ९ करोड ६५ लाख ७६ हजार रूपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal