रुपा सुनार प्रकरणः पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्धको जाहेरी लिन सर्वोच्चको आदेश


नेपालन्युज
बिहीबार , ३१ असार , २०७८

रुपा सुनारमाथि भएको जातीय भेदभाव तथा छुवाछुतजन्य घटनामा पूर्वमन्त्रीविरुद्ध उजुरी दर्ता गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ। न्यायाधीशद्वय प्रकाश सिंह राउत र नहकुल सुवेदीको संयुक्त इजलासले आज बिहीबार पूर्व शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध रुपाले दिएको उजुरी दर्ता गर्न आदेश जारी गरेको हो। 

‘निवेदिकाले श्रेष्ठविरुद्ध दिएको जाहेरी दरखास्त रितपूर्वक दर्ता भएको नपाइएको’ भन्दै सर्वोच्चले जाहेरी दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नू भनि आदेश जारी गरेको हो। 

सुनारलाई जातीय विभेद गरेर डेरा भाडामा नदिएको आरोप लागेकी घरबेटी सरस्वती प्रधानलाई छुटाएर पूर्वमन्त्री श्रेष्ठले आफ्नै गाडीमा घरसम्म पुर्याएका थिए। रुपाले घरबेटी प्रधानसहित तत्कालीन शिक्षामन्त्री श्रेष्ठलाई समेत विपक्षी बनाएर रिट दायर गरेकी थिइन्।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal