कुलमानको नियुक्तिमा सर्वोच्चले दियो यस्तो आदेश


नेपालन्युज
मंगलवार , ०८ भाद्र , २०७८

सरकारले नेपाल विद्युत प्राधिकणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेपछि सर्वोच्च अदालत पुगेका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

कुलमानलाई सरकारले नियुक्त गरेको पदमा आफूलाई ‘थमौती गरिपाऊँ’ भन्दै सर्वोच्च पुगेका शाक्यको रिटमा अदालतले आज मिसिल कागज झिकाउने आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले मिसिल कागज झिकाउने आदेश दिएको हो । 

प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति बदर गरिपाऊँ भन्दै पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भदौ १ गते सर्वोच्चमा उत्प्रेषणको आदेश माग गर्दै रिट दायर गरेका थिए । भदौ २ गते पेसीमा चढे पनि उक्त रिट हेर्न नभ्याइने सूचीमा परेको थियो । 

त्यसपछि मंगलबारको पेसीमा अन्तरिम आदेश जारी नभए पनि प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगमा पठाउने निर्णय, कुलमानलाई प्राधिकरणमा नियुक्ति गर्ने मन्त्रीपरिषद्को निर्णय र नेपाल विद्युत् प्राधिकरण र हितेन्द्रदेव शाक्यबीच भएको सम्झौताको सक्कल फाइल ३ दिनभित्र झिकाउन आदेश भएको हो । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal