अफ्ताब आलमको मुद्दामा आज पनि सुनुवाई नहुने


नेपालन्युज
शुक्रबार , २५ भाद्र , २०७८

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अफ्ताब आलमको मुद्दामा आजपनि सुनुवाई नहुने भएको छ । रौतहट बम विस्फोटको योजनाकार भएको आरोपमा थुनामा रहेका आलमको मुद्दामा पेशी चढेको भएपनि सुनुवाई नहुने भएको हो । 

थुनामुक्त गरी साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै आलमले दिएको रिट निवेदन न्यायाधीश दीपककुमार कार्की र हरि फुयालको संयुक्त इजलासमा पेशी चढेको थियो ।

तर न्यायाधीश फुयालले हेर्न नमिल्ने भएपछि सुनुवाइ हुन नसकेको सर्वोच्च प्रशासनले बताएको छ ।

बम विस्फोटसम्बन्धी मुद्दा जिल्ला अदालत रौतहटमा छ । अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि उनी हाल नख्खु कारागारमा छन् ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal