न्यायाधीश र कानुन व्यवसायीबीच छलफल हुँदै


नेपालन्युज
सोमबार , २८ भाद्र , २०७८

सर्वोच्च अदालतका न्यायाधीश र कानुन व्यवसायीबीच आज सोमबार दिउँसो छलफल हुँदैछ । सर्वोच्च अदालतले दिउँसो २ बजेका लागि बार(बेञ्च समन्वय समितिको बैठक आह्वान गरेको हो । 

सोमबारको बैठकमा न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुनसक्ने ठानिएको छ । उक्त समितिले न्यायालयमा कायम विकृति हटाउन सिफारिस गरेको थियो ।

बार(बेञ्च समन्वय समितिले न्याय प्रशासन र कानुन व्यवसायीबीचको समन्वय र समस्या समाधान गर्ने काम गर्छ । समितिमा प्रधानन्यायाधीशसहित चार वरिष्ठतम न्यायाधीश र मुख्य रजिष्ट्रार छन् ।

समितिमा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, बारका पूर्वअध्यक्षहरू हरिहर दाहाल र शम्भु थापा र सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य पनि छन् । समितिमा महान्यायाधिवक्ताको पनि प्रतिनिधित्व रहन्छ ।

-न्युज कारखाना


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal