संवैधानिक इजलास बस्दै, प्रधानमन्त्री कार्यालयविरुद्धका ७ मुद्दा पेसीमा


नेपालन्युज
बुधबार , ३० भाद्र , २०७८

सर्वोच्च अदालतको संवैधानिक इजलास आज बस्दैछ । संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बस्ने कि नबस्ने विवाद भएर सर्वोच्चको अन्तरिम आदेशबाटै सुनुवाइ रोकिएका बेला अन्य मुद्दाहरु हेर्न आज नियमित रुपमा संवैधानिक इजलास बस्न लागेको हो । सर्वोच्चमा बुधवार र शुक्रवार संवैधानिक इजलास बस्ने गर्छ ।

प्रधानन्यायाधीश जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा सम्मिलित आजको इजलासमा १० वटा मुद्दा पेशीमा चढेको छ । जसमा ७ वटा त मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयविरुद्धका उत्प्रेषण मुद्दा छन् ।  

अधिवक्ताहरु महेशकुमार श्रेष्ठ, मणिराम निरौला, अच्युतप्रसाद खरेल, मञ्जु सुवेदी, ले प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन् ।

त्यसैगरी प्रभुनारायण ठाकुर, नेपाल श्रमिक आपूर्तिकर्ता संघको तर्फबाट अध्यक्ष रामेश्‍वर साह, जिफोरएस सेक्यूरिटी सर्भिसेज नेपालबाट तर्कराज भट्‍टले प्रधानमन्त्री कार्यालयविरुद्ध मुद्दा दायर गरेका छन् । न्युज कारखाना


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal