हामी समाबेशी लोकतान्त्र, उन्नत समाज, विधिको शासनको कुरा गर्छौं, तर ब्यावहारमा भने उही सामन्ती शासनको झल्को दिन्छौं। हामी आफैँलाई प्रश्न गरौं- के हामीले ल्याएको ब्यवस्था परिवर्तनप्रति थारु मूलबासी पर्यौं त? पक्कै पनि छैन।
पोहोर सालको माघ अगाडि रेशम दाजुलाई डिल्ली बजार कारागारमा भेट्न जाँदा उहाँसँग भएको सम्बाद हो यो। संगीत र सँस्कृतिलाई मनमुटुमा राखी जिउने एउटा श्रस्टालाई सायद कुनै पुर्खालले रोक्न छेक्न सक्दैन। त्यो आभास उहाँबाटै झल्किदै थियो। ऊ जहाँ, जस्तो, जुन अवस्थामा रहेपनि कहीँ कतैबाट उसका आवाजहरु प्रस्फुटन भैरहेकै हुन्छ।