छविलाल काेपिला

आँशु र मौनता

-छविलाल कोपिला

कैयौं बार छाेराले सोधेथ्याे हाेला

र यसपाली पनि साेध्याे

बा, याे उँखुभित्र रस कसरी पस्याे ?

उनले सुनाएथे

यो मेरो पसिना हाे, जराबाट पस्याे हाेला

छोरा चुप लाग्याे ।

चिनी मिलवाला मालिकले उँखु पेल्याे

उँखुमा पसिना थिएन, आँसु थियाे

झर्‍याे तररर !


फेरि छाेराले साेध्याे

बा, हाम्राे उँखुमा पसिना छ भन्नु हुन्थ्याे

आँसु झरिरहेछ त ?


यसपाली उनी अथवा बा चुप लागे ।

आँसुकाे छाल थेग्न नसकेपछि 

उनी एकसराे कपडामा राजधानी उक्लिए

र साेधे शासकहरूसँग

महाराज हाम्राे उँखुमा लफडा भएछ

हामीले पसिना सिँचेकाे उँखुबाट आँसु पेलिएछ !

सरकार जवाफ दियाे

म मालिकसँग साेधेर बताउँछु 

यसपाली पनि उनी चुप लागे 

सरकार पत्रिकामा विज्ञप्ति जारी ग-याे

अखबारले समाचार छाप्याे

पीडित किसानले क्षतिपूर्ति पाउने !

र, सरकारले मालिकहरूलाई भेट्याे, साेध्याे

मालिक उँखुमा त आँसु पेलियाे ?

मालिकले बनिबनाउ जवाफ फर्काए

सरकार ! चुनावकाे हिसाब किताब मिलाउनु थियाे

तपाईँकै कार्यकर्ता पालेकाे नि बाँकी छ...

यसपाली सरकार चुप लाग्याे ।


बाहिर झरी लागिरहेछ

थाहा छैन झरी आँसुकाे हाे कि पानीकाे


थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes