बाराको जितपुरस्थित एक उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन। जीतपुर-सिमरा उपमहानगरपालिका ९ मा रहेको आरती सोप एण्ड भेजिटेबल (तेल) उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ।
आइबार साँझ करिब ७ बजेबाट लागेको आगो अहिलेसम्म नियन्त्रणमा नआएको बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए।
विरगञ्ज महानगरपालिकासहित विरगञ्जका तीनवटा, हेटौंडा महानगरपालिका, जितपुर-सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, कोहल्वी नगरपालिका, नेपाल आयल निगम अमलेखगन्ज लगायत बारा र पर्साका करिब ८ वटा वारुणयन्त्रको सहयोगमा आगलागीलाई नियन्त्रणमा लिन प्रयास भइरहेको शाहीले बताए।
जिल्ला प्रहरी कार्यलय बाराका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र साहीको कमाण्डमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल आर्मी लगाएको टोलिले आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको स्थानिय संचारकर्मी अनिल तिवारीले जानकारी दिए।