पर्यटकलाई मिठो कफी खुवाउन सक्ने बारिस्टाहरु


नेपालन्युज
शुक्रबार , ०६ चैत्र , २०७७

कामीडोमा शेर्पाले बेकरी क्याफे सञ्चालन गर्दै आएको करिव दुई दशक नै काटी सक्यो तर उनले पर्यटकका लागि कफी खुवाउने सपना पुरा गर्न सकेका थिएनन् । पर्यटकीय हव मानिने खुम्बु क्षेत्रको थामेमा उनले अव मेसिनबाटै कफी खुवाउन सक्ने सीप हासिल गरेकी छिन् । 

मुख्य सिजनमा काठबाडौंबाट मेसिन र बारिस्टालाई क्याफेमा ल्याउन असम्भव हुने भएकाले पर्यटकले कफीको माग गर्दा समेत पुरा गर्न सकेका थिएनन । स्टान्डर्ड चार्टर बैंकको सहयोगमा पासाङ ल्हामु फाउण्डेशनले आयोजना गरेको १५ दिने वारिस्टा (कफी बनाउने) र फुड एण्ड वेवरेज तालमि लिए पछि उनी सक्षम बनेको बताइन । 

यो पनि पढ्नुहोस्

कोरोना प्रभावित खुम्बु क्षेत्रमा जिविकोपार्जन तालिम सहित राहत सहयोग

खुम्बु थामेकी कामीडोमा शेर्पा बारिस्टा तालिम लिदै
खुम्बु थामेकी कामीडोमा शेर्पा बारिस्टा तालिम लिदै

फाउण्डेशनले खुम्बु पासाङ ल्हामु गाउँपालिका क्षेत्रमा ट्रेकिङ क्षेत्रमा काम गर्ने मजदुर र उनका परिवारका लागि फागुन ८ गते देखि २२ गतेसम्म तालिम सञ्चालन गरेको थियो । 

तालिमका सहभागि नेचा सल्यान– २ सोलुखुम्बुका ट्रेकिङ गाइड शम्भु नेपाली बर्देवाले समेत बैकल्पिक पेशाको रुपमा बारिस्टा तालिम लिएको बताए । कोभिडका कारण पर्यटन क्षेत्रमा असर पुर्याएकाले सानो क्याफे सञ्चालन गरेर जिविका चलाउने सोचमा उनी छन् । प्रमाणपत्र तहसम्म अध्यन गरेको छु सामान्य लेखपढ गर्न सक्छु अव क्याफे खेलेर काम गर्छु उनले भने, । उनी जस्ता अधिकांस गाइडहरु काम विहिन भए पछि गाउँमा आयआर्जनका लागि काममा जुटेको उनको भनाई छ । 

सोलुखुम्बुको माथिल्लो खुम्बु क्षेत्रमा पर्यटक भन्दा दोस्रो विकल्प कृषिनै हो , पर्यटन क्षेत्रको मुख्य हव मानिने खुम्बु क्षेत्रलाई स्टान्डर्ड चार्टर बैंकको सहयोगमा पासाङ ल्हामु फाउण्डेशनले जिविकोपार्जनका लागि राहत प्याकेज सहित तालिम समेत दिएको फाउण्डेशनका अध्यक्ष सिताराम सापकोटाले बताए । 

विगत देखि हिमाल आरोहणमा सकृय माउन्टेन गाइड समेत रहेका कर्मग्याल्जेन शेर्पा पनि तालिम फलदायी भएको बताए । खुम्बु क्षेत्रमा विदेशी पर्यटकहरु आउदा कफी खान खोजे पनि उत्कृष्ट कफी नपाउदा खिन्न हुनु पर्ने अवस्था थियो तर यो तालिमले त्यो समस्या टरेको उनको भनाई छ । स्थानीयतहको समन्वयमा खुम्बु पासाङ ल्हामु गाउँपालिकाभरबाट छनौट गरी ३० जनालाई तालिम दिइएको फाउन्डेशनले जनायो ।

नेचा सल्यान– २ सोलुखुम्बुका ट्रेकिङ गाइड शम्भु नेपाली बर्देवा बारिस्टा तालिम लिदै
नेचा सल्यान– २ सोलुखुम्बुका ट्रेकिङ गाइड शम्भु नेपाली बर्देवा बारिस्टा तालिम लिदै

पर्यटन पेशा भन्दा बैकलि्पक व्यवस्था नभएको यस क्षेत्रमा कोरोना भाइरस (कोभडि १९) ले नराम्ररी प्रभावति बनाएको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका कार्यवहाक अध्यक्ष टासिल्हामु शेर्पाले बताइन । यसका लागि टान्डर्ड चार्टर बैंकले राहत प्याकेज सहयोग गरेको थियो । बैंकले व्यवसाय मात्र भन्दा पनि सेवाग्राही मुखी सामाजिक उत्तरदायित्व निर्वाह गर्न भन्दै खुम्बु क्षेत्रमा सहयोग गर्न तत्पर भए पछि फाउण्डेशनले यो कार्यक्रम संयुक्त रुपमा अघि बढाएको जनाएको जनायो । 

स्नातक अध्यन पुरा गरेकी खुम्बु चौरीखर्ककी ३९ वर्षीया लाक्पा डोमा शेर्पा समेत होटलमा कफीको मिनो थप गरेर गुणस्तरीय कफी पर्यटकलाई खुवाउने पक्षमा जुटेका छन् । उनी तालिम पछि मेसिन खरिद गर्न काठमाडौं आएको समेत बताइन । 

यस क्षेत्रमा फाउण्डेशनले पहिलो चरणमा कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य सामाग्री वितरण, दोस्रो चरणमा खुम्बु पासाङ ल्यामु गाउँपालिका– १ खरिखोलामा महिलाहरुको लागि घरमै तयार गरिने स्यनीटरी प्याड सिलाइ तालिम, त्यसै गरी बचत तथा त्यसको परचिालन गरी जिविकोपार्जनमा सहयोग पुग्ने लक्षले खुम्बु पासाङ ल्हामु गाउँपालिका– ४ पासङबोचेमा रहेको पाङवोचे वियुल महिला समुहलाई २ लाख रुपैयाँ राहत स्वरुप प्रदान गरि सकेको फाउण्डेशनले जनायो ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

सम्बन्धित समाचार

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal