घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


नेपालन्युज
बिहीबार , २७ जेष्ठ , २०७८

 बिहीवार सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ४०० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला ९३ हजार ७०० मा कारोबार भएको थियो । 

यस्तै, बिहीवार चाँदीको मूल्य भने बढेको छ । बुधवार प्रतितोला १ हजार ३ ५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार ५ रुपैयाँले बढेर १ हजार ३५५  रुपैयाँमा खरीदविक्री भइरहेको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal