विद्युत प्राधिकरणको खुद नाफा साढे तीन अर्बमा झर्‍यो


नेपालन्युज
आईतवार , १३ भाद्र , २०७८

नेपाल विद्युत प्राधिकरणको नाफा अघिल्लो वर्षहरुमा भन्दा कमी भएर हाल तीन अरव ५० करोडमा सिमित भएको छ । गत वर्ष प्राधिकरणले ८० अर्व ५० करोड आम्दानी गरे मध्ये ७१ अर्व विद्युत विक्रीबाट आम्दानी गरेपनि यस वर्षभने आम्दानी घटेपछि नाफा पनि घटेको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणमा यस अघि प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङनै हुदाँ नाफा बढेर करिव १२ अरव सम्म पुगेको थियो । तर यस वर्ष पनि नाफा रकम घटेपछि ठुला परियोजनामा लगानी गर्दै जाने र थप नाफा कमाएर प्राधिकरणको आर्थिक क्षमता बढाउनमा केही असहजता हुने घिसिङले बताए । प्राधिकरणको ३६ औ वार्षिकउत्सवको अवशरमा प्रस्तुत प्रतिवेदनमा नाफा रकम सार्वजनिक गरेको हो । 

यो पनि पढ्नुहोस्

कुलमानको नियुक्तिमा सर्वोच्चले दियो यस्तो आदेश

विसं. १९६८ मा ५०० केभिए क्षमताको फर्पिङ जलविद्युत उत्पादनसँगै नेपालमा विद्युत उत्पादनको इतिहास शुरु भएको हो । २०४२ साल भदौ १ गते विद्युत विभागबाट प्राधिकरणमा रुपान्तरण भएको थियो । त्यसताका १४४ मेगावट मात्र विद्युत उत्पादन रहेको नेपालमा प्राधिकरण स्थापनासँगै हाल दुई हजार मेगावट उत्पादन क्षमता रहेको छ । उदाहारणीय आयोजनाहरु मध्ये प्राधिकरणले कुलेखानी, मस्याङदी जल विद्युत आयोजना लगायतका जलासययुक्त आयोजना निर्माण गरेको छ । सोलार, हावा, कोइला र पानी लगायत कैयौ स्रोत विद्युत उत्पादनको भए पनि मध्ये पानी नेपालमा प्रसस्तै रहेकाले विद्युतबाटै देशको अर्थतन्त्र धान्न सहयोग पुग्ने प्राधिकरणले जनाएको छ । 

सरकारले २०४९ मा विद्युत ऐन ल्याएपछि विद्युत क्षेत्रमा निजी क्षेत्रको समावेश भएको थियो । हाल प्राधिकरणको ६०० मेगावाट, प्राधिकरणका सहायक कम्पनीबाट ४७५ मेगावाट र निजीबाट ८२५ मेगावाट उत्पादन रहेको प्राधिकरणको तथ्याङक छ । जडित क्षमता बढी निजीमा बढी भएपनि हिउँदमा एक तिहाइ मात्र विद्युत उत्पादन हुने गरेकाले १२ महिना विद्युत आपुर्ती समान नहुदाँ भारतबाट आयत गर्नु परेको प्राधिकरणले जनाएको छ । 

यो पनि पढ्नुहोस्

झ्याप्पझ्याप्प बत्ती जाने समस्या बढ्दै गएपछि कुलमानले दिए यस्तो कडा निर्देशन

उत्पादन देखि वितरणसम्मको प्रणाली सुधार गरी उत्कृष्ट सेवा दिने पहिलो लक्ष प्राधिकरणको राखेको कार्यकारी निर्देशक घिसिङले बताए । उत्पादित विद्युत स्वदेशमै खपत गर्ने र बाँकी अन्तरदेशीय बजारमा विक्री गरिने प्राधिकरणको योजना रहेको छ । विद्युत खपत बृद्धि गर्न जनचेतनाका कार्यक्रम अघि बढाउदै इन्धन प्रयोगलाई कमी गर्न चुल्होसम्म विद्युत प्रयोग बडाउने जनाएको छ । 

उज्यालो नेपालको संवाहक नारा राखेर प्राधिकरणले स्वदेशी उत्पादनबाटै विद्युतमा आत्मनिर्भर बनाएर लोडसेडिङ अन्त्य गर्नु जनाएको छ । भारतबाट विद्युत आयत गरेर लोडसेडिङ अन्त्य गर्दै आएको तितो अथार्थ तत्काल हटाउने कार्यकारी निर्देशक घिसिङले जनाएको छ । यसमा माथिल्लो तामाकोशी विद्युत आयोजनाबाट छ वटै मेसिनबाट पुर्णक्षमतामा विद्युत उत्पादन शुरु गरी ४५६ मेगावाट विद्युत उत्पादन थप भएपनि सहयोग पुग्ने उनले बताए। 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal