त्रिभुवन विमानस्थलबाट तीन किलो सुन सहित २ जना पक्राउ


नेपालन्युज
बुधबार , ३० भाद्र , २०७८
सांकेतिक तस्विर

काठमाडौं महानगरपालिका ८ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत आन्तरिक उडान तर्फको व्यागेज एरियाबाट करिब २ करोड २४ लाख ९२ हजार ३ सय ९७ रुपैयाँ मूल्य बराबरको ३ किलो ३ सय ६० ग्राम सुनका विभिन्न गहना सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कैलाली बर्दगोरिया गाउँपालिका १ घर भएका ३० वर्षीय बोध राज भण्डारी र धनुषा जनकपुर उपमहानगरपालिका २ घर भएका ४७ वर्षीय मुरारी राज अधिकारी रहेको प्रहरीले जनाएको छ । 

श्री एयरलाइन्सको उडानद्वारा बिराटनगर जान लागेका उनीहरुलाई उक्त व्यागेज एरियामा खटिएको प्रहरीले एक्सरे मेशिनमा जाँच गर्ने क्रममा भण्डारीको साथबाट २२ क्यारेटको ५ सय १५ ग्राम बराबरको सुनका बिभिन्न गहना र अधिकारीको साथबाट २४ क्यारेटको ५ सय ९७ ग्राम, २२ क्यारेटको १ हजार ५ सय ५२ ग्राम तथा पत्थर जडित १४ क्यारेटको ६ सय ९६ ग्राम सुनका विभिन्न गहना आवश्यक प्रकृया पूरा नगरी लैजान लागेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई बरामद सुन सहित आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुलचोक ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal