हिमालय एयरलाइन्समा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन


नेपालन्युज
बिहीबार , ३१ भाद्र , २०७८

नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’(एइडी) सेवा सुरु गरेको छ।  

नेपाल–चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले यसै साता आफ्ना सबै जहाज (तीनवटा एअरबस ३२० र एउटा एअरबस ३१९) मा अटोमेटेड, बाह्यरुपमा प्रयोग गर्न मिल्ने उक्त जीवनदायी मेसिन राखिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ।

अब हिमालयका जहाजमा यात्रा गर्दा विगतभन्दा निकै सुरक्षित, विश्वसनीय र आरामदायी हुनेछ। अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर एक यस्तो जीवनदायी मसिन हो, जसले बिरामीको हृदयगति अकस्मात् बन्द हुँदा वा हुनलाग्दा त्यसलाई रोकी हृदयगति सञ्चालन राख्न मद्दत गर्दछ।

'अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर एक यस्तो जीवनदायी मसिन हो, जसले बिरामीको हृदयगति अकस्मात् बन्द हुँदा वा हुन लाग्दा त्यसलाई रोकी हृदयगति सुचारु राख्न मद्दत गर्दछ। यस कार्य पश्चात हिमालय एअरलाईन्स् जहाजहरुमा अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर राखिएको राष्ट्रकै पहिलो र एक मात्र एअरलाइन्स् कम्पनी भएको छ,' एअरलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यात्रुको हृदयगति बन्द भएमा, नाडी बन्द भएमा वा श्वास–प्रश्वास रोकिएमा यस मसिनको सहायताले बिरामीको मुटुमा एक प्रकारको दवाव ९कजयअप० दिएर मुटु, श्वास–प्रश्वास र नाडीको गति पुनः कायम गराउन सकिन्छ र बिरामीको जीवन बच्न सक्छ। विगत केही सातादेखि हिमालय एअरलाइन्सका सबै उडान कर्मचारीहरुलाई उक्त जीवनदायी मसिनको प्रयोग बारे यथेष्ट तालिम समेत दिएर दक्ष र निपूण पारिएको छ।

अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटरले ज्यान जोखिममा परेका यात्रुहरुको जीवन पुनः फर्काउने हुँदा उडान यात्राभर तिनको विशेष महत्व हुने गर्दछ। तिनले अचानक हृदयगति बन्द भएका वा हुन लागेका बिरामीको हृदयगतिलाई पुनः सामान्य रुपमा फर्काउन मद्दत गर्ने हुँदा उडानमा यस्ता मसिनको उपलब्धताले नै अचानक हुनसक्ने हृदयघात, मुटु–फोक्सो असफल हुने समस्या (Cardiac Arrest) जस्ता खतरनाक स्वास्थ्य स्थितिलाई धेरै हदसम्म उल्ट्याउन र सफलतम् उपचार समेत गर्न सकिने हुँदा मध्य आकाशमा समेत बिरामीको ज्यान बचाउन सकिन्छ।

'उडानरत जहाजमा यस्ता मसिनको अभावमा कथं कदाचित कुनै यात्रुको हृदयगति बन्द हुने समस्या आइपरेमा बिरामीको उपचारको खातिर जहाज फर्काउनु पर्ने हुनसक्छ र उपचारमा आशातीत सफलता प्राप्त नहुन पनि सक्छ,' विज्ञप्तिमा भनिएको छ।

त्यस्तै एअरलाइन्स्ले यस्ता मसिनहरु आफ्नो प्रधान कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित ग्राउण्ड ह्याण्डलिङ्ग कार्यालयमा समेत जडान गरी आफ्ना सम्पूर्ण कर्मचारीहरुको स्वास्थ्य–सुरक्षाको समेत प्रत्याभूति गराएको छ। एअरलाइन्स्ले आफ्ना ग्राउण्डका सबै कर्मचारीहरुलाई समेत सो डफिब्रिलेटरको प्रयोग बारे वृहत तालिम दिएको छ।

'हिमालय एअरलाइन्स् त्रिभुवन विमानस्थलमा यस्तो सेवा पुर्‍याउने एकमात्र कम्पनी भएको छ। जसले विमानस्थल भ्रमण गर्ने कुनै पनि यात्रुमा आकस्मिक समस्या आइपरेमा सो को निराकरण गर्दै स्वस्थ सुरक्षाको सुनिश्चितता गर्न सकिने हुन्छ,' विज्ञप्तिमा भनिएको छ।

आफ्ना जहाजहरुका साथै कार्यालयहरुमा समेत यस्ता मेसिनहरु राख्नु सुरक्षित यात्रालाई निरन्तर प्रबर्द्धन गर्ने वृहत् प्रयासको एक हिस्सा भएको हिमालय एअरलाइन्सले जनाएको छ। मध्य आकाशमा उडिरहँदा आकास्मिकरुपमा यदि कुनै यात्रुको हृदयगति बन्द हुन पुगेमा सफलतम् उपचार प्राप्त गर्न सक्ने खबर वास्तवमै हिमालय एअरलाइन्स्का सबै यात्रुहरुका लागि सुखद् र प्रेरणादायी हुन सक्नेछ भन्ने आशा एअरलाइन्स्ले लिएको छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal