सरकारले एकै दिन गर्‍यो करिब १५ अर्ब खर्च


नेपालन्युज
बिहीबार , ३१ भाद्र , २०७८

सरकारले बजेट खर्च गर्न नपाउने अवस्था आएपछि एकैदिन करिब १५ अर्ब रुपैयाँ खर्च गरेको छ। सरकार र प्रतिपक्षको किचलोमा बजेट पर्दा बजेट खर्च नै नहुने अवस्था आएपछि सरकारले बुधबारमात्रै करिब १५ अर्ब रुपैयाँ खर्च गरेको हो।

महालेखा नियन्त्रक कार्यालयका अनुसार बुधबार सरकारी कोषबाट १४ अर्ब ८७ करोड ८ लाख रुपैयाँ खर्च भएको छ। यसरी खर्च भएको रकममध्ये चालु खर्चमा ८ अर्ब ७० करोड र वित्तीय व्यवस्थामा ६ अर्ब रुपैयाँ खर्च भएको छ । पुँजीगत खर्च भने मात्र १६ करोड भएको तथ्यांकमा देखिएको छ। 

यो पनि पढ्नुहोस्

देश बजेटविहीन : देउवा सरकार ‘सर्ट डाउन’ मै गएको हो ?


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal