बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनामा एक जना पक्राउ परेका छन् । प्रहरीले दोगडाकेदर नै घर भएका एक व्यक्तिलाई कञ्चनपुरबाट पक्राउ गरेको हो ।
जिल्लाको भीमदत्त नगरपालिकाको ऐठपुरबाट पक्राउ गरी उनलाई बैतडी प्रहरीको जिम्मा लगाइएको समाचार स्रोतले बतायो ।
उनी भागरथीको हत्या भएको केहीदिनपछि बैतडीबाट महेन्द्रनगर गएका थिए। ती व्यक्ति सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् ।
प्रहरीले अहिले डेढ दर्जन बढी संकास्पद व्यक्तिहरुमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।