अहिले बैतडीकी १७ वर्षीया किशोरी भागरथीको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानमा प्रहरी दिनरात नभनी खटिएको छ । कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भनेर आलोचना खेपिरहेको प्रहरी प्रशासनले भागरथीको हत्यारा लगाउन अनुसन्धानलाई तिव्रता दिएको छ । विभिन्न टोली बनाएर घटना भएकै भोलीपल्ट देखि प्रहरी अनुसन्धानमा सक्रिय छ । यसैबीच प्रहरीले एकजना संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ । अनुसन्धान प्रभावित हुने हुँदा उनको परिचय खुलाइएको छैन् । प्रहरी स्रोत भन्छ, ‘उनी नै अभियुक्त हुन सक्छन् भन्ने केही तथ्यहरु प्राप्त भएका छन्।’
पक्राउ परेका व्यक्ति घटना भएको केही दिनपछि बैतडीबाट कञ्चनपुर गएको पाइएको छ । उनलाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गरी बैतडी प्रहरीलाई बुझाएको छ।
प्रहरी स्रोतका अनुसार घटनाको समयमा उनी घटनास्थलमै भएको पाइएको छ। स्रोत भन्छ, ‘संदिग्धको घर नजिकै भागरथीको मोबाइलको ब्याट्री पनि फेला परेको छ।’
उनी सार्वजनिक पदमा रहेका व्यवक्ति हुन । प्रहरीले घटनामा उनको संलग्नता पुष्टि गर्न भेजाइनल स्वाब र घटनास्थलमा भेटिएको वीर्यको डिएनए टेष्ट गर्नुपर्ने बताएको छ । टेष्टपछि मात्रै उनको संलग्नता भए÷नभएको पुष्टि हुनेछ । उनको हत्या भएको दिन ती व्यक्ति घटनास्थलबाट ३ किलोमिटर वर खोचलेक बजारमा रहेको पाइएको छ । जब भागरथी खोचलेक बजारबाट घरतर्फ लागेलगत्तै उनी पनि त्यहाँबाट निस्किएको पाइएको स्रोतको भनाई छ ।
घटनाका बारेमा प्रहरीले अहिले केही खुलाएको छैन् ।