जिल्ला अदालत बैतडीले भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा पक्राउ परेका १८ वर्षीय दिनेश भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
आज जिल्ला अदालत बैतडीले भट्टमाथि अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको हो । दिनेश भट्ट भागरथी पढ्ने सनातन धर्म माविमा कक्षा ११ अध्ययनरत छन् ।
भागरथीका दाइ केशवराज भट्टले बुधबार बिहान आरोपी भट्टविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए ।