बाबुको हत्या अभियोगमा छोरा पक्राउ


आप्mनै बुबाको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले छोरालाई पक्राउ गरि आज सार्वजनिक गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउँदुरकोट घर भई पोखरा महानगरपालिका–३२ महकुना बस्दै आएका ५८ वर्षीय बुबा जुमबहादुर कामीको हत्या गरेको अभियोगमा ३४ वर्षीय छोरा रामकृष्ण कामीलाई पक्राउ गरेको हो ।  

घरको झ¥याङबाट खसेर मृत्यु भएको सूचनाका आधारमा घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय शिशुवा डाँडाको नाकको प्रहरी टोलीको अनुसन्धानका आधारमा फागुन ९ गते राती बाबु छोराबीच विवाद हुँदा छोराले ढोकामा प्रयोग हुने चारपाटे काठको औलो प्रहारबाट उनको मृत्यु भएको खुलेको हो ।

निजलाई कर्तव्य ज्यान मुद्दाअन्तर्गत मुद्दा दर्ता गरी कास्की जिल्ला अदातलबाट १० दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
कार्यकारी सम्पादक: छेटु शेर्पा
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes