निर्दयी छोरा जस्ले बुवालाई मारेपछि भर्‍याङबाट लडेर ज्यान गएको भन्दै प्रहरीलाई बोलाए


प्रहरीले कास्कीमा आफ्नै बुवाको हत्यामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ स्थित पाउँदुरकोट घर भई हाल पोखरा महानगरपालिका–३२ महकुना बस्ने ३४ वर्षीय रामकृष्ण कामी रहेका छन् । उनलाई सोमबार जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिसुवा मुकाम डाँडाकोनाकबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनले आफ्नै बुवा ५८ वर्षीय जुम बहादुर कामीको हत्या गरेको आरोप छ । उनले बुवाको हत्या गर्दै घरको भर्‍याङबाट लडेर मृत्यु भएको भन्दै प्रहरीलाई खबर गरेको थियो । 

घटनास्थल पुगेको प्रहरीले घटना शंकास्पद देखिएपछि अनुसन्धान गर्दा आइतबार राति बाबु छोराबीच विवाद भएपछि रामकृष्णले काठले प्रहार गर्दा बाबु जुम बहादुरको मृत्यु भएको खुल्न आएको निष्कर्श निकालेको छ । घटनास्थलबाट रगत जस्तो रातो पदार्थ लागेको ढोका लगाउन प्रयोग हुने चारपाटे काठ प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ ।

उनलाई कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes