बलात्कारपछि फरार दुई किशोर पक्राउ


जवरजस्ती करणी मुद्दाका फरार दुई किशोर पक्राउ परेका छन् । दमक नगरपालिका–९ बस्ने २० वर्षीय संगम पाँचकोटी र सोही ठाउँ बस्ने १९ वर्षीय ओम भन्ने अमन धिमाल पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । झापा जिल्ला अदालतको २०७५ पुस १६ गते एक वर्ष कैद सजायको फैसला भएको थियो । 

उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । त्यस्तै सोही क्रममा अदालतको आदेश अनुसार बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes