उर्लाबारीका प्रविनको हत्या भएको प्रहरीको निष्कर्श


मोरङको उर्लाबारीमा गत पुस ५ गते भएको हत्याका घटनामा प्रहरीले कडाइका साथ अनुसन्धान शुरु गरेको छ । 

साथीसँगै सुतेका उर्लाबारी नगरपालिका–५ निवासी प्रवीन बाँस्तोलाको बिहानपख मृत्यु भएको थियो । मृतकका परिवारले यो स्वाभाविक मृत्यु नभई हत्या भएको हुनसक्ने जनाएपछि प्रहरीले थप अनुसन्धान थालेको थियो । मृतकका बहिनी सदीक्षा बाँस्तोलाले घटना गम्भीर भएको र यसमा प्रहरीको अनुसन्धान कमजोर भएको टिप्पणीसहित प्रतिवाद गरेपछि प्रहरीले घटनाका सम्बन्धमा गहिरिएर अध्ययन गर्दा मृतकको मृत्यु स्वभाविक नभएर हत्या नै देखिएको प्रहरी उपरीक्षक सन्तोषकुमार खड्काले आज पत्रकार सम्मेलनमा जानकारी दिए । 

उनले घटनाको छानविनमा केही ढिलाइ भए पनि दोषी उम्कन नदिने दाबी गर्दै पीडित परिवारले प्रहरीको अनुसन्धानमा देखाएको कमीकमजोरीका विषयमा पनि छानविन भइरहेको धारणा राखेका छन्।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes