नग्न तस्बिर खिचाउने मोडेलहरु पक्राउ परेका छन्। दुबई प्रहरीले करिब तीन दर्शन मोडेलहरुलाई नग्न फोटोसुट गरिरहेका बेला पक्राउ गरेको छ। उनीहरु एउटा घरको बाल्कोनीमा नग्न तस्बिर खिचिरहेको बेला पक्राउ परेको एजेन्सीले उल्लेख गरेका छन्।
युक्रेनका २७ वर्षीया याना पनि पक्राउ परेकी छन्। उनी घरमा छुट्टी मनाउन भनेर निस्किएका थिए। उनीसहित युक्रेनका ११ जना मोडेल रहेको बताइएको छ। यानाका भाइ तारसले उनी दुबई जान लागेको कसैलाई थाहा नभएको बताए।
मेलअनलाइनका अनुसार याना कानुनमा ग्र्याजुएट गरेकी छन्। पढेबमोजिमको जागिर नपाएपछि याना रेस्टुराँलगायत क्षेत्रमा काम गरेकी छन्। उनी विगत एक वर्षदेखि मोडलिङ क्षेत्रमा सक्रिय रहेका छन्।
दुबई प्रहरीका अनुसार एक फोटोग्राफरसहित रुस, बकेलारुस, मोल्दोवा र युक्रेनका मोडेलहरु पक्राउ परेका हुन्। प्रहरीले ती मोडेलहरुले गरेको हर्कत हाम्रो समाजका लागि अपाच्य रहेको भन्दै नियन्त्रणमा लिएको जनाएको छ।