सरकारी कागजात कीर्ते गरेको आरोपमा १ जना पक्राउ


जिल्ला प्रहरी कार्यालय मकवानपुरले सरकारी कागजात कीर्ते गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । हेटौँडा उपमहानगरपालिका–५ मा रहेको नौ कट्ठा जग्गाको सरकारी कागजात कीर्ते गरेको आरोपमा भक्तपुरका बद्रीप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सरकारी कागजात कीर्ते गरिएको मुद्दापश्चात प्रहरीले खोजीका क्रममा पौडेललाई आज पक्राउ गरेको प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। पक्राउ परेका पौडेललाई जिल्ला अदालत मकवानपुरमा कागजातसहित अनुसन्धानका लागि पठाइएको छ । 

यसैबीच जिल्ला प्रहरी कार्यालय बाराले अपहरण गरेको आरोपमा एक व्यक्तिलाई १३ वर्षपछि पक्राउ गरेको छ । अपहणपश्चात् १३ वर्षदेखि लुकीछिपी रहेको अवस्थामा रहेका बाराका वीरेन्द्र महतो धानुकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

बाराका तत्कालीन प्रसौनी गाउँ विकास समिति–७ का बलिराम साहलाई २०६४ सालमा अपहरण गरेको र अपहरणबाट भागेर आएपछि निज साहले सोही समयमा दिएको उजुरीको आधारमा महतोलाई प्रहरीले पक्राउ गरेको हो ।

किराना पसल चलाउँदै गरेका शाहलाई १० जनाको समूहमा पसलबाट अपहरण गरी रु २० लाख फिरौती माग गरिएको थियो । अपहरणकारीको कब्जाबाट भागेर आएका साहले महतोविरुद्ध उजुरी दिएको बारा जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes