विभिन्न स्थानमा मानिस मृत अवस्थामा फेला



मुलुकका विभिन्न बेग्लाबेग्लै स्थानमा ६ जना मानिस मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिका(३२ साईराम चोकस्थित एभरेष्ट फुटवेयरका कामदार बस्ने ट्रसले बनेको घरको दोस्रो तलाको कोठामा बुढानिलकण्ठ नगरपालिका(१३ चुनिखेलस्थित डिएमएस बुट इन्ड्रस्ट्रिजमा काम गर्ने भारत उन्नउकापुर घर भएका ३४ वर्षीय श्याम मिश्र मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौंस्थित बालाजु पार्कको चौरमा नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

जुम्लाको चन्दननाथ नगरपालिका ठिन्केमा नाम, थर, वतन नखुलेकी अन्दाजी ५० वर्षीया महिला मृत अवस्थामा फेला परेकी छन् ।

प्युठानको नौबहिनी गाउँपलिका खालास्थित ढोरे खोलामा सोही ठाउँ बस्ने ५७ वर्षीय राम शाही राना मृत अवस्थामा फेला परेका छन् ।

 पोखराको लेकसाईडस्थित बाराही मन्दिर नजिकै फेवातालको बिचमा बारा निजगढ नगरपालिका(९ बस्ने १८ वर्षीय नोभिब उप्रेती मृत अवस्थामा फेला परेका छन् ।

पर्साको सखुवाप्रसौनी गाउँपालिका बेलटोलस्थित मनबौधी खोलामा सोही ठाउँ बस्ने २९ वर्षीय राजु माझी मुसहर मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes