आफ्नै भाउजुको हत्या गरेको अभियोगमा पक्राउ



आफ्नै ४८ वर्षीया भाउजु रोशनी राजभण्डारीको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका १० बस्ने ४८ वर्षीय मोहन राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका(१० बुलबुले मार्गस्थित सडकमा रोशनीलाई मोहनले फलामको खन्तीले टाउकोमा प्रहार गर्दा गम्भीर घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खटिएको प्रहरीले उनको खोजतलास गर्नेक्रममा निज महानगरीय प्रहरी परिसर काठमाडौंमा आफै उपस्थित भएको अवस्थामा नियन्त्रणमा लिइएको हो । रड प्रहारबाट गम्भीर घाइते भएकी रोशनीको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।    

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes