दिउँसै एटीएम मेशिन फोर्दै गर्दा यसरी पक्राउ परे युवक


रुकुम पश्चिमको जिल्ला सदरमुकामको मुख्य बजारमा दिउँसै एटीएम मेशिन फोर्दै गर्दा एक युवक पक्राउ परेका छन् । बजारमा रहेको नेपाल बैंक लिमिटेड रुकुम शाखाको एटीएम मेशिन फोर्दै गरेको अवस्थामा मुसिकोट नगरपालिका १ का २० वर्षीय भीमबहादुर विकलाई पक्राउ गरेको छ । ती युवकले एटीएम मेशिन फोर्दै गरेको सूचनाको आधारमा तत्काल प्रहरी परिचालन हुँदा पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले बताए । उनका अनुसार एटीएम मेशिन तोडफोड भएकोले मेशिन बिग्रीएको छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes