लागुऔषधसहित दुई जना पक्राउ


नेपालन्युज
बिहीबार , २७ जेष्ठ , २०७८

लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । कञ्चनपुरमा प्रहरीले भीमदत्त नगरपालिका र बेलौरी नगरपालिका क्षेत्रबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० अमरबहादुर थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका(४ मा रहेको बाह्रसिङ्गा होटल एण्ड लजका सञ्चालक भुवन साहु र बेलौरी नगरपालिका(९ का १९ वर्षीय गोपाल ठगुन्ना रहेको उनले बताए ।

होटल सञ्चालक साहुलाई कारोबार गरिरहेको अवस्थामा १।४२ ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको हो भने ठगुन्नाको साथबाट पनि १२ ग्राम २० मिलीग्राम खैरो हिरोइन बरामद गरिएको छ । उनीहरु दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal