ब्राउन सुगरसहित चार पक्राउ


नेपालन्युज
शुक्रबार , २८ जेष्ठ , २०७८

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित चार व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार सुर्खेत भेरीगङ्गा नगरपालिका–५ को बबई–नेपालगञ्ज सुर्खेत सडकखण्डमा दुई ग्राम १४० मिलीग्राम लागुऔषध ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत निवासी ३०(३० वर्षीय भरत थापा र मनोज विक, १८ वर्षीय एनआर राना र सिम्ता गाउँपालिका–१ सुर्खेत निवासी कोमल राना रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिए । 

सुर्खेत भेरीगङ्गा नगरपालिका–५ बबईस्थित नेपालगञ्ज–सुर्खेत सडकखण्डमा नेपालगञ्जबाट सुर्खेततर्फ लागुऔषध ब्राउन सुगर ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिप्रका सुर्खेत र इप्रका छिन्चुबाट गएको प्रहरीको संयुक्त टोली बबई पुगेको उनले बताए । उनीहरूलाई शङ्कास्पद अवस्थामा फेला पारी शरीर र झोलामा खानतलासी गर्दा भरत विकले लगाएको रेनकोटको बायाँ गोजीमा दुई पोका र एनआर रानाले लगाएको कालो मास्क र पहेलो रङको झोलाभित्र लुकाइछिपाइ राखेको एक पोका र एक पुरीया गरी जम्मा तीन पोका एक पुरीया ब्राउन सुगर नापतौल गर्दा दुई ग्राम १४० मिलीग्राम परिमाण भेटिएको उनको भनाइ छ ।

पक्राउ परेका चार जनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै जबर्जस्ती करणी उद्योग र चोरी मुद्दामा विसं २०७७ फागुन ३ गते सुर्खेत उच्च अदालतबाट नौ वर्ष तीन महिना कैद र रु दुई हजार ५०० जरिवाना फैसलापश्चात फरार वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेतका कवि कालुङलाई प्रहरीले पक्राउ गरेलगत्तै कोरोना परीक्षण गरी जिल्ला अदालत सुर्खेतमा बिहीबार उपस्थित गराएको जनाइएको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal