घाँस काट्न गएकी किशोरीलाई जबरजस्ती करणी गर्न खोजेपछि...


नेपालन्युज
शनिबार , २६ असार , २०७८

किशोरीमाथि जबरजस्ती करणी गर्न खोजेको आरोपमा चितवनमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती नगरपालिका–७ बस्ने २७ वर्षीय महेन्द्र सापकोटा रहेका छन् ।

शुक्रबार दिउँसो साढे ४ बजेतिर घाँस काटिरहेकी १७ वर्षीय किशोरीलाई पछाडिबाट मुख थुनेर जबरजस्ती करणी गर्न खोजेको आरोपमा सापकोटालाई पक्राउ गरिएको चितवनका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

युवतीले चिच्याएपछि छिमेकीहरूले सापकोटालाई नियन्त्रणमा लिएका थिए । पछि उनीहरूले प्रहरी बोलाएर सापकोटालाई प्रहरीको जिम्मा लगाएका थिए । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal