वडा अध्यक्ष नै बोक्छन् मोटरसाइकलमा खैरो हेरोइन, तीन जना पक्राउ


नेपालन्युज
सोमबार , ०४ श्रावण , २०७८

लागुऔषध खैरो हेरोइन बोक्ने वडा अध्यक्षसहितको तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ५५ वर्षीय अमेरिका सहनी, ४० वर्षीय बलिष्टर सहनी र रामआदेश सहनीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

गए राति साढे १० बजेतिर इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बर्वामा एकसाथ आएका ना १ ब ३५९५ नम्बरको पल्सर र ना ६२ प १९४२ नम्बरको मोटरसाइकल चेक जाँच गर्दा फिल्टर बक्सबाट ७९ ग्राम लागु औषध खैरो हेरोइन फेला पारेको थियो। यस विषयमा थप थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal