डुबेको अबस्थामा युवकको शव फेला, टाउकोमा देखियो गोली लागेको घाउ


नेपालन्युज
बिहीबार , ०७ श्रावण , २०७८

भरतपुर महानगरपालिका–१७ स्थित बनगाई डेरी चोक नजिकै डुबिरहेको अवस्थामा एक युवकको शव फेला परेको छ । आज बिहान अन्दाजी ३० वर्षका युवकको शव फेला परेको हो । शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान भएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारीका अनुसार मृतकको टाउकोमा गोली लागेको जस्तो देखिएको र घटनास्थलमा एक थान गोलीको खोका समेत भेटिएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal