घरको कम्पाउण्डबाटै मोटरसाइकल चोरी गरी लैजाँदै गर्दा समातिए चोर


नेपालन्युज
बिहीबार , ०७ श्रावण , २०७८

ललितपुरमा घरको कम्पाउण्डबाटै मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अबस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्रउ पर्नेमा कुपण्डोल बस्ने उदयपुर गाईघाट घर भएका २० वर्षीय निश्चल परियार रहेका छन् । ललितपुर महानगरपालिका–१९ ईटीचोकस्थित रिकी खड्गीको आफ्नै घर कम्पाउण्डमा पार्किङ गरी राखेको बा ५० प २९४ नम्बरको मोटरसाइकल चोरी गरी लैजादै गरेको अवस्थामा परियार समातिएका हुन् । ड्युटीमा खटिएको प्रहरीले फेला पारी मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो । उनी उपर चोरी मुद्दामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal