एम्बुलेन्सबाट तस्करी, जरायोको सिङसहित ३ जना पक्राउ


नेपालन्युज
आईतवार , १० श्रावण , २०७८

विरामी बोक्ने एम्बुलेन्समा जरायोको सिङ कस्तकरी गरिरहेको अवस्थामा ३ जना पक्राउ परेका छन् । एम्बुलेन्सबाट संरक्षित वन्य जन्तु जारायोको दुई थान सिङसहित तीन युवा पक्राउ परेका हुन् । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा बबई गाउँपालिका वडा नं १ गंगटेका २२ वर्षीय जीवन घर्ती, बबई ४ हापुरेका ३९ वर्षीय इन्द्रबहादुर केसी र सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. ४ साइलाकाम्दाका २२ वर्षीय विनोद वली रहेका छन् । 

पश्चिम बबईको हापुरेबाट पूर्व तुलसीपुरतर्फ आउँदै गरेको रा १ च ४९७ नम्बरको एम्बुलेन्स तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ गहते खोला नजिक जाँच गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal