फेरि विमानस्थलबाट समातियो ३ किलो सुन


नेपालन्युज
बुधबार , ३० भाद्र , २०७८

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको गरगहना बरामद गरेको छ । श्री एयरलाइन्सको उडानबाट विराटनगरतर्फ जान लागेको अवस्थामा सुनको गहनासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा कैलालीको बदगोरिया गाउँपालिका—१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुर उपमहानगरपालिका—२ का ४७ वर्षीय मुरारीराज अधिकारी रहेका छन् । 

भण्डारी र अधिकारीको ब्याग एक्सरे मेसिनमा चेकजाँच गर्ने क्रममा २ करोड २४ लाख ९२ हजार ३९७ मूल्य बराबरको ३ केजी ३६० ग्राम सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि उनीहरुलाई ललितपुरस्थित राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोकमा पठाइएको प्रहरीले जनाएको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal