तीन किलो बढी सुनका गहनासहित दुईजना पक्राउ


नेपालन्युज
बुधबार , ३० भाद्र , २०७८

नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो ३६० ग्राम सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ। काठमाडौंबाट विराटनगर जान लागेको श्री एयरलाइन्सको उडान चेकजाँचका क्रममा उक्त गरगहनासहित कैलाली वर्दगोरिया गाउँपालिका-१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषा जनकपुर उपमहानगरपालिका-२ का ४७ वर्षीय मुरारीराज अधिकारीलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरिएको हो।

भण्डारी र अधिकारीको ब्याग एक्सरे मेसिनमा चेक गर्ने क्रममा रु २ करोड २४ लाख ९२ हजार ३९७ मूल्य बराबरको सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले भण्डारीको साथबाट २२ क्यारेटको ५१५ ग्राम सुनका विभिन्न गहना र अधिकारीको साथबाट २४ क्यारेटको ५९७ ग्राम, २२ क्यारेटको १ हजार ५५२ ग्राम तथा पत्थर जडित १४ क्यारेटको ६९६ ग्राम सुनका विभिन्न गहना बरामद गरेको छ।

पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि ललितपुरस्थित राजस्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोकमा पठाइएको प्रहरीले जनाएको छ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal