शिक्षकको घाँटी रेटि हत्या गरेको आरोपमा एक युवती पक्राउ


नेपालन्युज
बिहीबार , ३१ भाद्र , २०७८

दैलेखमा शिक्षकको घाँटी रेटेर हत्या गरेको आरोपमा एक युवती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गुराँस गाउँपालिका–८ छोटेपोखरीकी २५ वर्षीया मुना राना रहेकी छिन् । 

मालिका माविका सामाजिक विषयका शिक्षक नगेन्द्र कुमार विसीको विभत्स तरिकाले हत्या गरिएको अवस्थामा मंगलबार बिहान सोही विद्यालयको बरण्डामा शव फेला परेको थियो ।

मुनाले व्यक्तिगत रिसइबीका कारण घाँटी रेटेर शिक्षकको हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ । अहिले उनीलाई कर्तव्य ज्यान कसुरको अनुसन्धानका लागि जिल्ला अदालत दैलेखबाट म्याद लिएर हिरासतमा राखिएको छ ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal