शिशु हत्याको आरोपमा महिलालाई कारागार चलान


नेपालन्युज
बिहीबार , ३१ भाद्र , २०७८

नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा एक महिलालाई आज कारागार चलान गरिएको छ । डिलाशैनी गाउँपालिका–७ की ३५ वर्षीया माधवी कार्कीलाई कारागार चलान गरिएको हो । 

जिल्ला अदालतका न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले माधवीलाई पूर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । यही भदौ ६ गते अवैध सम्बन्धबाट आफैले जन्माएको शिशुलाई घाँटी निमोठेर हत्या गरेको कार्कीमाथि आरोप लागेको थियो । सो घटनाबारे उनको परिवारले खबर गरेपछि कार्कीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।  प्रहरीले कार्कीलाई कर्तव्य ज्यान मुद्दाअन्तर्गत अदालतमा पेश गरेको थियो । कार्कीका श्रीमान् १० वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् । कार्कीको गाउँकै एक किशोरसँग अवैध सम्बन्ध रहेको र उनी हाल फरार रहेको प्रहरीले जनाएको छ । उनी स्वास्थ्य स्वयंसेविकाका रुपमा कार्यरत थिइन् ।


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Nepal's First News Portal