सरकारले शिक्षा नियामवली संसोधन गरी सोमबार देखि देशभरका सबै विद्यालयहरुले विद्यालयमा अनिवार्य गुनासो पेटिका राख्नुपर्ने व्यवस्था गरेको छ । शिक्षा मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत देशभरका सबै विद्यालयमा अनिवार्य गुनासो पेटिका राख्ने व्यवस्थाका लागि परिपत्र गरेको हो ।
परिपत्रमा प्रत्येक विद्यालयमा सम्भव भए महिला शिक्षकलाई जिम्मेवारी दिने गरी १ जना लैंगिक सम्पर्क व्यक्ति–समेत तोक्नुपर्ने भएको छ । बालबालिकामाथि सबै प्रकारका भेदभाव, दुव्र्यवहार, शोषण, मानसिक तथा शारीरिक दण्ड–सजाय तथा लैंगिक हिंसा न्यूनीकरण गर्ने प्रयासमा प्रत्येक विद्यालयका विद्यार्थीको गुनासो सम्बोधन गर्ने गरी गुनासो पेटिका राख्न केन्द्रले देशभरका सबै विद्यालयलाई भनेको छ ।
लैंगिक हिंसा न्यूनीकरण गर्न गुनासो सुनुवाइ कार्यविधि, २०७४ (संशोधन २०७७) बमोजिम यस्तो व्यवस्था गरिएको केन्द्रले जनाएको छ ।