विपन्न बालबालिकालाई अध्ययनकालागि सहयोग


हाल अमेरिकामा रहेका नेपाली क्षितिजराज लोहनीले आफुले विद्यालयमा अध्ययन गर्दा १५०० रुपैयाँ शुल्क तिर्न नसकेर विद्यालयबाट निश्कासन हुनु परेको पीडा सम्झेर नेपालमा अध्ययन गर्ने बिपन्न वर्गका बालबलिकाको शिक्षाकालागि सहयोग गरेका छन।

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका स्थित  पार्वती माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि  क्रिन्जल फाउण्डेशन नेपालद्वारा उक्त छात्रवृत्ति अमेरिकामा बसोबास गर्ने नेपाली विद्यार्थीहरुले गरेको आर्थिक सहयोगबाट प्रदान गरिएको गरिएको हो ।

यस कार्यक्रम मार्फत कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि प्रति विद्यार्थी पाँच हजार पाँच सय रुपैयाँ, कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि प्रति विद्यार्थी आठ हजार दुई सय पचास रुपैयाँ र कक्षा ९ र १० अध्ययन गर्ने विद्यार्थीका लागि प्रति विद्यार्थी एघार हजार रुपैयाँका दरले कुल दुई लाख छब्बीस हजार रुपैयाँ रकमको छात्रवृत्ति प्रदान गरियो।

 

 


नेपालन्युज

नेपालन्युज

नेपालको पहिलो न्युज पोर्टल

थप समाचार

सम्पादकहरूको छनौट

Nepal's First Online News Portal
नेपालन्युज प्रालिद्वारा प्रकाशित
कार्यकारी प्रवन्धक: सौरभ गुरुङ
सम्पादक: राजु सिलवाल
सूचना विभाग दर्ता नं. १५०५/०७६–७७

सम्पर्क

कामपा–२, उत्तरढोका लाजिम्पाट, काठमाडौं

समाचार कक्ष
+९७७–०१–४४४५७५१/७५३/७५४

ई–मेल
info@nepalnews.com editor@nepalnews.com

सामाजिक संजाल


Terms of Use Disclaimer
© NepalNews. 2021 All rights reserved. | Website by Curves n' Colors And Thunder Codes